नेकपाका दुइ अध्यक्ष बीचमा छलफल, सचिवालय बैठक भोली बस्दै – Kanika Khabar
Monday, August 24Nepali News Portal

नेकपाका दुइ अध्यक्ष बीचमा छलफल, सचिवालय बैठक भोली बस्दै

    मा प्रकाशित

कनिका खबर
असोज १९, काठमाडौं
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच आज भेटघाट भएको छ । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुग्नुभएको थियो । दुई अध्यक्ष बीच भएको भेटपछि नेकपाले सचिवालय बैठक बोलाइएको छ । हिजो स्थगित भएको सचिवालय बैठक भोलि मंगलबार दिउँसो चार बजे बोलाइएको प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाले जानकारी दिनुभएको छ । दुई अध्यक्षबीच बैठकको एजेण्डाबारे समेत सामान्य छलफल भएको छ । बैठकमा एकता प्रक्रियाका बाँकी काम, मन्त्रिपरिषद् पुनर्गठन लगायतका विषयमा छलफल हुने भएको छ । नेकपाले सचिवालय बैठक शनिबार नै बोलाइएको भए पनि तयारी नपुगेको भन्दै हिजोका लागि सारिएको थियो । प्रधानमन्त्रीका सचिवालय सदस्यहरु सहित सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुमा सङ्क्रमण पुष्टि भएपछि पनि सचिवालय बैठक पनि स्थगित भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्