राष्ट्रिय कविता महोत्सव मंसिरको चौथो साता – Kanika Khabar
Thursday, April 16Nepali News Portal

राष्ट्रिय कविता महोत्सव मंसिरको चौथो साता

    मा प्रकाशित

कनिका खबर
असोज २०, दाङ ।
स्थगित भएको राष्ट्रिय कविता महोत्सव आगामी मंसिरको चौथो साता हुने भएको छ । असोज १८ गते बसेको नेपाल प्रज्ञा प्रतिष्ठानको बैठकले स्थगित राष्ट्रिय कविता महोत्सव आगामी मङ्सिरको चौथो साता भौतिक दूरी कायम गरी सम्पन्न गर्ने निर्णय गरेको हो ।

उक्त महोत्सव प्रज्ञा भवन, कमलादीमा आयोजना हुनेछ । प्रतिष्ठानले स्थापना दिवसका अवसरमा हरेक वर्ष असार ९ गते आयोजना गर्दै आएको महोत्सव कोरोना भाइरस रोकथामका कारण लागू बन्दाबन्दीका कारण स्थगन भएको थियो ।

े बैठकले महोत्सवको पुरस्कार राशिसमेत वृद्धि गरी प्रथम हुनेलाई रु ५० हजार, द्वितीय हुनेलाई रु ४० हजार र तृतीय हुने तीन जनालाई जनही रु ३० हजार नगदसहित पदक र प्रमाणपत्र प्रदान गर्ने निर्णय गरेको सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्