प्रदेश राजधानी तोक्न ५८ मत आवश्यक – Kanika Khabar
Friday, April 19Nepali News Portal

प्रदेश राजधानी तोक्न ५८ मत आवश्यक

    मा प्रकाशित

नारायण वली
असोज १९,रुपन्देही ।
प्रदेश–५ को प्रदेश सभामा पेश गरिएको स्थायी राजधानी प्रस्ताव पास हुनका लागि प्रदेश सभामा रहेका ८७ जना सांसदहरु मध्ये ५८ जनाको मत चाहिने वताईएको छ । संविधानले प्रदेश सभाका कुल सदस्यहरुको २ तिहाई मतले प्रदेश राजधानी तोक्ने र नामाकरण गर्न सकिने उल्लेख गरेको छ ।

बमखबमख
६१ जना सांसद रहेको नेकपाका सबै सांसदहरुले सरकारको प्रस्तावमा मतदान गरेमा स्थायी राजधानी दाङ जाने पक्का भएको छ । त्यस्तै नेपाली कांग्रेसका १९ जना, जनता समाजवादी पार्टीका ६ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद प्रदेश नं।५ मा रहेका छन् । जसको संख्यात्मक सांसदहरुको संख्या नेकपाकै रहेको छ ।

बमखबमख
तर नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का सांसदहरुले मतदान नगर्ने र अन्य दलका सांसदहरुले सरकारले पेश गरेको प्रस्तावको विपक्षमा मतदान गरेमा भने प्रस्तावित दाङ स्थायी राजधानी सार्ने प्रस्ताव असफल हुने देखिएको छ ।

यस्तै पार्टी पंक्तिको दबाब र जनभावनालाई कदर गर्दै, पार्टीको कारवाही भोग्न तयार भएर फरक मत राख्ने साविक लुम्विनी अञ्चलका नेकपाका १४ जना सांसदहरुले विपक्षमा मतदान गरेमा नेकपा सँग ४७ मत मात्रै रहने भएकाले नेकपालाई सदन बाट राजधानी सार्ने प्रस्ताव पास गराउन अन्य विभिन्न पार्टीको ११ मतको आवश्यक्ता पर्ने जनाईएको छ ।

नेपाली काँंग्रेसका १९ जनामध्ये १३ जना साविक लुम्बिनी अञ्चलका हुन् भने ६ जना साविक राप्ती र भेरी अञ्चलका रहेका छन् । नेपाली कांग्रेसका ६ जना सांसद थपिँदा राजधानी प्रस्तावको पक्षमा ५३ मत हुन जाने र जसका कारण सतारुढ दल नेकपालाई दुई तिहाई पुर्‍याउन गाह्रो देखिएको छ ।

समाजबादी जनता पार्टीको तर्फबाट बाँके र बर्दियाका गरी २ जना सांसद र राष्ट्रिय जनमोर्चाको प्युठानका १ जना सांसद थपिएमा ५६ मत हुने र राजधानी सार्ने प्रस्तावको पक्षमा दुई तिहाइ पुर्‍याउन थप २ मत नपुग्ने निश्चित छ । कपिलवस्तुका तर्फबाट कांग्रेस वाट ५ जना सांसदहरु मध्ये २ जनाले पक्षमा मतदान गरेमा राजधानी सार्ने प्रस्ताव पारित हुने प्रवल सम्भावना रहेको छ ।

यद्यपी साविक लुम्बिनीका नेपाली काँंग्रेसका सबै सांसदहरु विपक्षमा मतदान गरेमा, र नेकपाका १४ जना सांसदहरुले पार्टीको निर्देशन उल्लंघन गरेमा र अन्य साना दलहरुले आफ्नै भूगोलको स्वार्थ हेरेमा भने स्थायी राजधानी दाङ सार्ने प्रस्ताव रोकिने वताईएको छ । प्रदेश सभामा साविक लुम्बिनी अञ्चलका ६ वटा जिल्लाका ५१ जना सांसदहरु छन्, भने साबिक राप्ती र भेरी अञ्चलका ३६ जना सांसदहरु रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्