बझाङ घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याऔँ : नेतृ सङ्ग्रौला – Kanika Khabar
Thursday, April 16Nepali News Portal

बझाङ घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याऔँ : नेतृ सङ्ग्रौला

    मा प्रकाशित

कनिका खबर
असोज २०, दाङ ।
नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा. डिला सङ्ग्रौलाले बझाङ घटनाका दोषीलाई यथाशीघ्र कारवाहीको दायरामा ल्याउन माग गरेकी छिन् । बझाङ सुनकुडाकी २१ वर्षे युवती पटकपटक आपन्तीबाटै बलात्कृत हुँदै आएको र चरम यातनाको सिकार भएको घटनाप्रति सङ्केत गर्दै नेतृ सङ्ग्रौलाले यस्तो बताएकी हुन् ।
उनले भनिन्, ‘ आफ्ना ससुरा, काका ससुरा लगायतका आफन्तहरुबाटै निरन्तर बलात्कार र चरम यातनाको सिकार भएकी बझाङ सुनकुडाकी २१ बर्से युवती माथि भएको निर्मम र पाशविक घटना निन्दनीय छ । यसरी चरम शोषण गरी आफ्नै बुहारीको अस्मिता लुटने दोषीलाई छिटो भन्दा छिटो अनुसन्धान गरी कानुनको दायरा मा ल्याई कारवाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउदछु ।’ उनले थपिन्, ‘यस्ता घटना दोहोरिन नदिन घटनामा सम्लग्नलाई यथाशीघ्र कानुनी दायरामा ल्याई पीडितलाई स्वास्थ्य उपचार र क्षतिपूर्तिको व्यवस्था गर्न ढिलाई गर्नु हुँदैन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्