गलत ह्विपको मतियार बन्दिनँ : गिरी – Kanika Khabar
Saturday, January 17Nepali News Portal

गलत ह्विपको मतियार बन्दिनँ : गिरी

    मा प्रकाशित

कनिका खबर
असोज २०, दाङ ।

नेपाली काङ्ग्रेसका प्रदेश नं. ५ का प्रदेश संसद शंकर गिरीले दाङका विपक्षमा मतदान गर्ने ह्विप स्वीकार नगर्ने बताएका छन् । कनिका खबरसँग कुराकानी गर्दै उनले भने, ‘गलत ह्विपको मतियार बनेर दाङमाथि र सिङ्गो प्रदेशमाथि अन्याय हुन दिँदैन ।’
कसैको व्यक्तिगत तथा भौगोलिक पायकको स्वार्थमा परेर गलत निर्णयका पछि नलाग्न समेत उनले आग्रह गरे । उनले भने, ‘भुलोल र ५ नं. प्रदेशका लागि दाङ नै उपयुक्त केन्द्र भएकाले दाङको विकल्प छैन, दाङ जति उपयुक्त भूगोल र केन्द्र राजधानीका लागि नभएकाले अर्थहीन ह्विपका पछि हामी लाग्ने छैनौँ ।’ उनले थपे, ‘प्रदेशवासीमाथि कुनै अन्याय हुने छैन, सबैको पायक र उपयुक्त निर्णयमा आफ्नो सहमत रहेको छ ।’

हिजो सोमबार बसेको प्रदेश सभामा काङ्ग्रेका केही संसदहरूले संसद सभाभित्र अव्यावहारिक क्रियाकलाप मात्र देखाएनन् कि सचेतक सुरेन्द्र हमालको अनुपस्थितमा संसदीय दलले प्रस्तावित राजधानीको विपक्षमा मतदान गर्न ह्विप जारी गरेका छन् । तर, उनले जारी गरेको ह्विप काङ्ग्रेस कै संसदहरूले नमान्ने अभिव्यक्ति सार्वजनिक गरिसकेका छन् ।
कांग्रेसका दाङ, बर्दिया, रोल्पालगायत जिल्लाका केन्द्रीय सदस्यहरू भने दाङमै स्थायी राजधानी राख्ने पक्षमा देखिएका छन्।
दीपक गिरी, किशौरसिंह राठौर, पार्वता डिसी चौधरी, शिला खड्का, गोपाल दहित, मंगलप्रसाद थारू, योगेन्द्र चौधरी, कृष्णकिशोर घिमिरे, सञ्जय गौतम र अमरसिंह पुनले दाङमा प्रदेशको स्थायी राजधानी हुनुपर्ने बताउँदै आएका छन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्