अस्ट्रेलियामा आउँदो शुक्रवार देखि लकडाउन केही खुकुलो हुँदै – Kanika Khabar
Friday, March 29Nepali News Portal

अस्ट्रेलियामा आउँदो शुक्रवार देखि लकडाउन केही खुकुलो हुँदै

    मा प्रकाशित

बैशाख २८, दाङ ।

अस्ट्रेलियाको सबैभन्दा ठूलो राज्य न्यू साउथ वेल्समा जारी लकडाउन आउँदो शुक्रवारदेखि केही खुकुलो हुने भएको छ । न्यू साउथ वेल्स राज्य अस्ट्रेलियाको सबैभन्दा बढि कोरोना प्रभावित राज्य हो जहाँ अस्ट्रेलियाको कुल कोभिड संक्रमण र मृत्युको करिव ४५प्रतिशत रहेको छ । उक्त राज्यमा कोरोना परीक्षणको दायरा निकै बढाइएको थियो जसले भाइरसको संक्रमणमा निकै कमी आएको पाइएको थियो ।

गत शनिबार गरिएको १० हजार जनाको परीक्षणमा जम्मा २ जना मात्र नयाँ संक्रमित फेला परेपछि जारी लकडाउनलाई केही खुकुलो पार्न लागिएको जानकारी त्यस राज्यका प्रमियर ग्लेडिस बेरेजिक्लियनले आइतबार पत्रकारहरूलाई दिएका हुन । मे १५ देखि सिड्नीमा रहेको क्याफे र रेष्टुरेन्ट, खेल मैदान र आउट डोर पुलहरुमा एक पटकमा बढीमा १० जना मानिसहरु मात्र रहन सक्ने गरी पुनः खोल्न दिइने छ ।

विद्यार्थीहरुलाई हप्तामा एक दिन मात्र विद्यालयमा उपस्थित हुने व्यवस्था सहित विद्यालयहरुलाई सुचारु गरिने भएको छ ।

(समाचार एजेन्सीकाे सहयाेगमा )

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्