दाङ प्रादेशिक राजधानी बनाएको भन्दै पुर्वप्रहरीले गरे स्वागत – Kanika Khabar
Tuesday, May 19Nepali News Portal

दाङ प्रादेशिक राजधानी बनाएको भन्दै पुर्वप्रहरीले गरे स्वागत

    मा प्रकाशित

घोराही, २२असोज ।
लामो समयको प्रयासपछि दाङलाई प्रादेशिक राजधानी घोषणा गरेको भन्दै दाङ पुर्वप्रहरी संगठन जिल्ला कार्यसमितिले प्रदेश सरकारलाई धन्यवाद दिएको छ ।

संगठनको हिजो बुधबार घोराहीमा बसेको बैठकले मुख्यमन्त्री शंकर पोख्रेल, सभामुख पुर्णबहादुर घर्ती, कानुनमन्त्री सहितप्रदेश सांसद र प्रदेशसभा सदस्यहरुलाई विशेष धन्यवाद दिएको हो ।

संगठनका अध्यक्ष रोवरबहादुर वस्नेतको अध्यक्षतामा बसेको बैठकले १२ वटै जिल्लाको केन्द्रका रुपमा रहेको दाङलाई प्रदेश राजधानी तोकेर प्रदेश सरकारले दुरदर्शी निर्णय गरेको भन्दै यसलाई छिट्टै कार्यान्वयनमा ल्याउनको लागि पनि आग्रह गरेको छ ।

यसैबीच बैठकले आउदै गरेको विजया दशमी र दीपावलीको अवसरमा भिडभाड नगरी घरमै बसेर मनाउन सबैमा अनुरोध समेत गरेको छ । बैठकले कोरोनाको महामारीलाई मध्यनजर गर्दै आफ्ना चाडपर्वलाई सुरक्षित तरिकाले मनाउन सबैमा अनुरोध गरेको संगठनका अध्यक्ष बस्नेतले जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्