धरान उपमहानगरपालिकाका अत्यावश्यकबाहेका सबै सेवा बन्द – Kanika Khabar
Friday, January 23Nepali News Portal

धरान उपमहानगरपालिकाका अत्यावश्यकबाहेका सबै सेवा बन्द

    मा प्रकाशित

कनिका खबर
असोज २२, धरान ।
सुनसरी जिल्लामा कोरोना भाइरसको महामारी बढेपछि धरान उपमहानरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।

जनप्रतिनिधि र कर्मचारीमा नै संक्रमण देखिएपछि २० वटै वडा कार्यालय र उपमहानगरको अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको हो ।

उपमहानगरका जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण भएपछि आजदेखि २८ गतेसम्म सेवा बन्द गरिने निर्णय भएको उपमहानगरका प्रमुख तिलक राईले बताए ।

बजारमा स्वास्थ्य मापदण्ड पालना गराउन कडाइ गरिने राईले बताए । चाडपर्वको समयमा लकडाउन गर्दा समस्या हुने भन्दै तत्काल लकडाउन भने नगरिने उनले जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्