धरान उपमहानगरपालिकाका अत्यावश्यकबाहेका सबै सेवा बन्द – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

धरान उपमहानगरपालिकाका अत्यावश्यकबाहेका सबै सेवा बन्द

    मा प्रकाशित

कनिका खबर
असोज २२, धरान ।
सुनसरी जिल्लामा कोरोना भाइरसको महामारी बढेपछि धरान उपमहानरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।

जनप्रतिनिधि र कर्मचारीमा नै संक्रमण देखिएपछि २० वटै वडा कार्यालय र उपमहानगरको अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको हो ।

उपमहानगरका जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण भएपछि आजदेखि २८ गतेसम्म सेवा बन्द गरिने निर्णय भएको उपमहानगरका प्रमुख तिलक राईले बताए ।

बजारमा स्वास्थ्य मापदण्ड पालना गराउन कडाइ गरिने राईले बताए । चाडपर्वको समयमा लकडाउन गर्दा समस्या हुने भन्दै तत्काल लकडाउन भने नगरिने उनले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्