कोभिडको चुनौति सकिएको छैन सचेत बनौँ : वडा नंं १५ – Kanika Khabar
Friday, April 19Nepali News Portal

कोभिडको चुनौति सकिएको छैन सचेत बनौँ : वडा नंं १५

    मा प्रकाशित

कनिका खबर
असोज २२, दाङ ।


घोराही उपमहानगरपालिका वडा नं. १५ को कार्यालयले कोभिडको चुनौति झन बढ्दै गएकोले सचेत रहन वडावासीहरुलाई आग्रह गरेको छ । आज बिहीबार वडाध्यक्ष रमेश कुमार पाण्डेले एक विज्ञप्ति जारी गरी यस्तो बताएका हुन् ।
हिजो बुधबार दाङको घोराही उपमहानगरपालिका वडा नं. १५ की ३५ वर्षीय एक महिलाको कोरोनाका कारण मृत्यु भएको दुःख व्यक्त गर्दै वडाध्यक्ष पाण्डेले शोक वक्तव्य जारी गरी दुःख व्यक्त गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘सर्वप्रथम यस दुखद घडीमा गहिरो दुःख व्यक्त गर्दै वडा कार्यालयको तर्फबाट मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चीरशान्तिको कामना पनि गर्छु । विगतका दिनमा वडावासीले गर्नुभएको महामारीको प्रतिरोधको प्रयासको प्रशंसा पनि गर्न चाहान्छु । कोभिडको चुनौतिको सामना गर्न अझै वाँकी भएकोले सचेतापुर्वक सुरक्षित भई आफ्नो दैनिकीलाई निरन्तरता दिन अनुरोध गर्छु । महामारीलाई परास्त गर्न सवैको साझा प्रतिवद्धताको आवश्यकता छ । सवैको प्रतिवद्धताले मात्रै यो महामारी परास्त हुनसक्ने विश्वास लिदै नियमित सरसफाइ र सामाजिक दुरी काय गर्न सवै वडावासीहरुमा अनुरोध गर्दछु ।’

हिजो बुधबार वडा नं. १५ की ३५ वर्षीय महिलाको कोरोनाका कारण मृत्यु भएको हो । उनलाई असोज १८ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । सोही दिन राति ११ ः ४५ बजे उनलाई नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थ्यमा सुधार नआएपछि बुधवार दिउँसो ३ बजेतिर मृत्यु भएको हो ।

ती महिलाको फोक्सोमा गम्भीर प्रकृतिको निमुनियाको समस्या रहेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्