कनिका संवाददाता
बैशाख २८, दाङ ।
अमेरिकाबाट दाङ आएका व्यक्तिको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । नारायणपुरका ती व्यक्तिलाई केही दिनयता ज्वरो आएपछि उनीमा कोरोना संक्रमणको आशंका गरिएको थियो । उनी चैत ५ गते अमेरिकाबाट दाङ आएका थिए ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा उनको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठान स्रोतले जानकारी दिएको छ ।
साता दिन अघि देखि ज्वरो आएका ती व्यक्तिको घोराहीस्थित एक नीजि अस्पतालमा उपचार भैरहेको थियो । तर ज्वरो नियन्त्रणमा नआएपछि कोरोना संक्रमणको आशंकामा उनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको थियो ।
शनिवार प्रतिष्ठानमा उनको स्वाब संकलन गरेर कोरोना परीक्षण गरिएको थियो ।