विश्वभर कोभिड १९ सङ्क्रमितको सङ्ख्या तीन करोड ६४ लाखभन्दा बढी – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

विश्वभर कोभिड १९ सङ्क्रमितको सङ्ख्या तीन करोड ६४ लाखभन्दा बढी

    मा प्रकाशित

कनिका खबर
२२ असोज

विश्वभर कोभिड १९ सङ्क्रमितको सङ्ख्या तीन करोड ६४ लाखभन्दा बढी पुगेको छ भने यसका कारण १० लाख ६४ हजार ५७६ जनाको मृत्यु भइसकेको उक्त विश्वलयद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । विश्वका अन्य प्रभावित मुलुकहरूमा रूस, कम्वोडिया, चिली, पेरू, स्पेन, फ्रान्स, इटालीलगायत अमेरिकी र यूरोपेली मुलुक नै रहेका छन् ।

ब्राजिलमा बुधबार कोभिड–१९ सङ्क्रमितको ३१ हजार ५५३ भएसँगै कूल सङ्क्रमितको सङ्ख्या ५० लाख ६९४ पुगेको जोन हकिन्स विश्वविद्यालयको विज्ञान तथा इन्जिनियरिङ्ग व्यवस्थापन केन्द्रले बिहीबार जानकारी गराएको छ ।

दक्षिण अफ्रिकी यो मुलुकमा विगत २४ घण्टामा सङ्क्रमित ७३४ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कोभिड–१९ सङ्क्रमित एक लाख ४८ हजार २२८ जनाको मृत्यु भइसकेको छ ।

यस मुलुकको सबैभन्दा बढी प्रभावित शहर साओ पाओलोमा मात्रै १० लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । यहाँ कूल ३६ हजार ६६९ जनाको मृत्यु भएको छ । अमेरिकापछि विश्वमा कोभिड–१९ सङ्क्रमित व्यक्तिको मृत्यु हुने मुलुक ब्राजिल हो ।

विश्वव्यापी महामारीका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा कूल ७७ लाख ७६ हजार २२४ व्यक्ति सङ्क्रमित भएका छन् भने सङ्क्रमित दुई लाख १६ हजार ७३७ जनाको मृत्यु भएको छ ।

तेस्रो बढी प्रभावित मुलक भारतमा कूल ६८ लाख ३५ हजार ६५५२ व्यक्ति सङ्क्रमित भएका छन् भने सङ्क्रमितमध्ये एक लाख पाँच हजार ५५४ जनाको मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्