पञ्चदेवल नगरपालिकाले दृष्टिबिहीनको तथ्याङ्क लियो – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

पञ्चदेवल नगरपालिकाले दृष्टिबिहीनको तथ्याङ्क लियो

    मा प्रकाशित

दिनेश केसी
असोज २२, अछाम ।
अछामको पञ्चदेवल विनायक नगरपालिकामा हालसम्म ५ जना दृष्टिबिहीन नागरिकको तथ्यांक संकलन भएको छ । नगरपालिकाभित्र क वर्गका एक पुरुष, ख वर्गका २ महिला १ पुरुष, ग वर्गका १ पुरुष रहेको तथ्यांक छ ।
गतवर्ष दृष्टिविहीनका लागि शिविर सञ्चालन गरेको नगरपालिकाले यसवर्ष कुनै चासो देखाएको छैन । दृष्टिविहिनको तथ्यांकमा समेटिएका अन्य व्यक्तिले परिचयपत्रको नविकरण नगरेकाले थोरै मात्र तथ्यांक देखिएको नगरपालिकाले जनाएको छ । आज विश्व दृष्टि दिवस ‘दृष्टिप्रतिको आश’भन्ने नाराका साथ नेपालमा पनि विश्व दृष्टि दिवस मनाइएको छ । आँखा सेवाको पहुँच भएमा झण्डै एक अर्ब मानिसको अझै पनि दृष्टिको जगेर्ना गर्न सकिने आँकलन छ । नेपालमा कुल जनसंख्याको शून्य दशमलव ३५ प्रतिशतमा दृष्टिदोषको समस्या रहेको पछिल्लो तथ्याङ्क छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्