कोरोनाका कारण विश्वभर १० लाख ६१ हजार मानिसको मृत्यु – Kanika Khabar
Friday, April 26Nepali News Portal

कोरोनाका कारण विश्वभर १० लाख ६१ हजार मानिसको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असोज २२, दाङ ।
विश्वभर कोरोना भाइरस (कोभिड १९)काकारण १० लाख ६१ हजार ५ सय १९ जनाको मृत्यु भएको छ । हालसम्म विश्वभर ३ करोड ६४ लाख ४९ हजार ४ सय ९० जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये २ करोड ७४ लाख ४५ हजार मानिस भने उपचारपछि स्वस्थभएका छन् । कोरोनाका कारण अमेरिकामा सबैभन्दा धेरै २ लाख १६ हजार ८ सय १८ जनाको मृत्यु भएको छ । अमेरिकामा हालसम्म ७७ लाख ७७ हजार मानिस सङ्क्रमित भएका छन् । यसैगरी ब्राजिलमा १ लाख ४८ हजार मानिसको मृत्यु भएको छ । भारतमा कोरोनाका कारण १ लाख ५ हजार ५ सय ५४ जनाको मृत्यु भएको छ । रसियामा भने हालसम्म २२ हजार ५६ जनाको मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्