कोरोनाका कारण विश्वभर १० लाख ६१ हजार मानिसको मृत्यु – Kanika Khabar
Saturday, January 17Nepali News Portal

कोरोनाका कारण विश्वभर १० लाख ६१ हजार मानिसको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असोज २२, दाङ ।
विश्वभर कोरोना भाइरस (कोभिड १९)काकारण १० लाख ६१ हजार ५ सय १९ जनाको मृत्यु भएको छ । हालसम्म विश्वभर ३ करोड ६४ लाख ४९ हजार ४ सय ९० जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये २ करोड ७४ लाख ४५ हजार मानिस भने उपचारपछि स्वस्थभएका छन् । कोरोनाका कारण अमेरिकामा सबैभन्दा धेरै २ लाख १६ हजार ८ सय १८ जनाको मृत्यु भएको छ । अमेरिकामा हालसम्म ७७ लाख ७७ हजार मानिस सङ्क्रमित भएका छन् । यसैगरी ब्राजिलमा १ लाख ४८ हजार मानिसको मृत्यु भएको छ । भारतमा कोरोनाका कारण १ लाख ५ हजार ५ सय ५४ जनाको मृत्यु भएको छ । रसियामा भने हालसम्म २२ हजार ५६ जनाको मृत्यु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्