वायुसेवा निगमको महाप्रवन्धकमा पौडेल – Kanika Khabar
Saturday, January 17Nepali News Portal

वायुसेवा निगमको महाप्रवन्धकमा पौडेल

    मा प्रकाशित

कनिका खबर
असोज २२, काठमाडौँ ।
नेपाल वायुसेवा निगमको महाप्रवन्धकमा डिम प्रकाश पौडेललाई नियुक्त गरिएको छ । मन्त्रिपरिषदको आज बिहीबार बसेको बैठकले निगम सञ्चालक समिति सदस्य समेत रहेका पौडेललाई महाप्रवन्धक नियुक्त गरेको हो ।

उनी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ता हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई तत्कालीन एमालेको प्रचार विभाग प्रमुख भएका बेला पौडेल सदस्य थिए ।

उनी पेशाले चार्टर्ड एकाउन्टेन्ट पनि हुन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्