नेपालमा कोरोना सङ्क्रमण दर बढ्दो – Kanika Khabar
Saturday, April 20Nepali News Portal

नेपालमा कोरोना सङ्क्रमण दर बढ्दो

    मा प्रकाशित

कनिका खबर
असोज २३, दाङ ।
मुलुकमा पछिल्लो २४ घण्टामा एक सय जनाको पिसिआर परीक्षण गर्दा करिब २४ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । यो पीसीआर परीक्षणमा देखिएको हालसम्मकै बढी सङ्क्रमण दर भएको चिकित्सकहरूले बताएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार हिजो बिहीबार १८ हजार ४ सय ७३ जनाको पिसिआर गरिएको थियो । जसको २३ दशमलव ६२ प्रतिशत अर्थात् ४ हजार ३ सय ६४ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये काठमाडौं उपत्यकामा ५८.२० प्रतिशत अर्थात् २ हजार ५ सय ४० जना रहेका छन् ।
स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा.वासुदेव पाण्डेका अनुसार यो निकै नै गम्भीर अवस्था हो ।
पछिल्लो समय महिला सङ्क्रमित हुने क्रम पनि बढेको छ । बिहीबार पुष्टि भएका कुल सङ्क्रमितमध्ये ३५दशमलव ७६ प्रतिशत महिला रहेका छन् । हालसम्म सङक्रमण पुष्टि भएकामध्ये २९ प्रतिशत महिला रहेका छन् । पछिल्लो समय काठमाडौं उपत्यकामा पिसिआर परीक्षण बढाइएपछि सङक्रमित धेरै फेला परेका भन्दै पाण्डेले उपत्यकाबाहिर कोभिड परीक्षण कम भएर सङ्क्रमण बढी नदेखिएको हुनसक्ने बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्