निलगाईको कारण रौतहटका किसान चिन्तित, रातभर जाग्राम – Kanika Khabar
Thursday, April 25Nepali News Portal

निलगाईको कारण रौतहटका किसान चिन्तित, रातभर जाग्राम

    मा प्रकाशित

संजय मिश्रा
असोज २३, रौतहट ।
निलगाई अर्थात घोड गदहाको कारण रौतहटका किसान चिन्तित बनेका छन् । दर्जनौंको संख्यामा राती राती आउने निलगाईले बालिनालि सखाप पार्न थालेपछि किसानहरु चिन्तित बनेका हुन । पछिल्लो समय किसानले लगाएको तरकारी बाली, धान, मकै समेत निलगाईले खाईदिने गरेकाले कटहरिया नगरपालिकाको कयौं वडाका किसान समस्यामा परेका छन् ।
बर्षभरिको मिहनेत र पसिनाले लगाएको धानबाली निलगाईले सिध्याउन थाल्दा जीवन यापनमै समस्या हुने पिडित किसानहरुले दुखेसो पोखेका छन् । निलगाईले धानबाली का साथै मकैबाली र नर्सरीमा आँप,लिची,लगायत बिरुवामा समेत क्षति गरिरहेको कटहरिया ३ का पीडित किसान दुखा साह बनियाले जानकारी दिनुभयो । उता दिनभरी लालबकैया नदिकिनार उंखुघारी र कांसघारी खरौडिमा बस्ने राती राती झुन्डमा आउने निलगाईले गाउँ छेउमा किसानले लगाएको तरकारी बालिमा समेत क्षति गरिरहेको छ । तरकारी बारीमा लगाएको सामान्य घेराबेरा समेत नाघेर निलगाईले तरकारी बालीमा क्षती गरिरहेको माबी कटहरियामा शिक्षक तथा पीडित किसान रामदयाल महतोले गुनासो गर्नुभयो । निलगाईको लागि जिल्लाका नदी तथा खोलाहरु सुरक्षित बाँसस्थान बनेको छ ।
जिल्लाको पश्चिममालालबकैया पुर्वमा बागमती नदी किनार कांसघारी र उखुंघारिमा दिनभरी बस्ने र राती राती ठुलो झुन्डमा गएर बालिमा क्षति गरिरहेको किसान हरुले बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्