दाङ निर्माण ब्यबसायी संघद्वारा शर्माको परिवारलाई राहतस्वरुप निर्माण ब्यबसायी हितकोष बाफतको २ लाख रुपैया सहयोग – Kanika Khabar
Thursday, April 25Nepali News Portal

दाङ निर्माण ब्यबसायी संघद्वारा शर्माको परिवारलाई राहतस्वरुप निर्माण ब्यबसायी हितकोष बाफतको २ लाख रुपैया सहयोग

    मा प्रकाशित

कनिका खबर
घोराही, असोज २३
दाङ निर्माण ब्यबसायी संघका साधारण सदस्य शर्मा कन्स्ट्रकसनका प्रोप्राइटर गढवा गाउँपालीका वडा नम्बर ४ परस्पुर निबासी स्व। दिनेश राज शर्माको परिवारलाई दाङ निर्माण ब्यबसायी संघले राहतस्वरुप मृत्युपछि दिइने निर्माण ब्यबसायी हितकोष बाफतको २ लाखरुपैया हस्तान्तरण गरेको छ । नेपाल निर्माण ब्यबसायी महासंघ लुम्बिनि प्रदेशका अध्यक्ष बलिभद्र राना, दाङ निर्माण ब्यबसायी संघका अध्यक्ष ईश्वर पुन, संघकै महासचिब शोकबहादुर रोका मगर र निर्माण ब्यबसायीद्वय बसन्त कवर, गोकर्ण गिरिले घरमै पुगेर शर्माका जेठा छोरालाइ हित कोषको रकम सहयोग गर्नु भएको हो । दाङ निर्माण ब्यबसायी संघले आफ्ना सदस्य भएका निर्माण ब्यबसायीको मृत्युपछि राहतस्वरुप निर्माण ब्यबसायी हितकोष बाफतको रकम उपलब्ध गराउदै आएको संघका महासचिब रोकाले बताउनु भयो । दुखको घडिमा राहत स्वरुप संघले रकम उपलब्ध गराएकोमा परिवारले संघलाई धन्यवाद दिएको छ । शर्माको गएको असोज ११ गते ५६ बर्षको उमेरमा निधन भएको थियो । राहत हस्तान्तरण गर्न पुग्नु भएका निर्माण ब्यबसायी महासंघका प्रदेश अध्यक्ष राना, जिल्ला अध्यक्ष पुन र महासचिब रोकाले शर्माको निधनप्रती दुख ब्यक्त गर्दै मर्माहत तथा स्तब्ध भएको भन्दै निर्माण ब्यबसायी संघलाइ अपुर्णिय क्षती पुगेको बताउनु भयो । दिबङ्गत आत्माको चिरशान्तीको कामना गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रती ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भनी गहिरो समबेदना प्रकट उहाँहरुले गर्नु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्