यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रम डब्लूएफपीलाई दिइने – Kanika Khabar
Sunday, January 18Nepali News Portal

यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रम डब्लूएफपीलाई दिइने

    मा प्रकाशित

कनिका खबर
असोज २३, दाङ
यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रम डब्लूएफपीलाई दिइने भएको छ । आज ओस्लोमा आयोजित एक कार्यक्रमबीच स्विडिस एकेडेमीले सन् २०२० का लागि नोबेल शान्ति पुरस्कार डब्लूएफपीलाई दिने घोषणा गरेको हो । संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रमलाई भोकलाई परास्त गर्न गरेको प्रयास र द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनाका लागि गरेको पहलका लागि नोबेल शान्ति पुरस्कार प्रदान गरिएको नोबेल कमिटीले जनाएको छ । त्यसैगरी डब्लूएफपीले भोकमरीलाई युद्ध र द्वन्द्वको अस्त्रका रुपमा प्रयोग हुन नदिनु पनि उल्लेख्य भूमिका खेलेको नोबेल कमिटीले बताएको छ । डब्लूएफपीले खाद्य सुरक्षालाई शान्ति स्थापनाको साधन बनाउँदै बहुपक्षीय सहकार्यमा महत्वपूर्ण भूमिका खेलेको नोबेल कमिटीले बताएको छ । त्यसैगरी संयुक्त राष्ट्र संघका सदस्यलाई भोकसँग लड्न एकजुट बनाउन पनि डब्लूएफपीले उल्लेख्य भूमिका खेलेको नोबेल कमिटीले जनाएको छ । विश्वकै सबैभन्दा ठूलो मानवअधिकारवादी संस्थाका रुपमा रहेको डब्लूएफपीले सन् २०१९ मा ८८ देशका भोकसँग लडिरहेका करिब १० करोड मानिसलाई सहायता उपलब्ध गराएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्