अमेरिकामा राष्ट्रपति पदका उम्मेदवारबीच आयोजना गरिने दोस्रो टिभी बहस रद्द – Kanika Khabar
Tuesday, May 26Nepali News Portal

अमेरिकामा राष्ट्रपति पदका उम्मेदवारबीच आयोजना गरिने दोस्रो टिभी बहस रद्द

    मा प्रकाशित

कनिका खबर
असोज २३, दाङ
अमेरिकामा राष्ट्रपति पदका उम्मेदवारबीच आयोजना गरिने दोस्रो टिभी बहस रद्द गरिएको छ । राष्ट्रपतीय बहस आयोगले राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प र डेमोक्र्याट उम्मेदवार जो बाइडेनबीच हुने दोस्रो टिभी बहस रद्द गरिएको शुक्रवार जनाएको हो । राष्ट्रपति ट्रम्प भर्चुअल बहसमा लागि तयार नभएको तथा उहाँमा भएको कोरोना संक्रमणका कारण प्रत्यक्ष बहसमा आयोजना गर्न नसकिएकाले कार्यक्रम नै रद्द गरिएको आयोजकले जनाएका छन् । वाल स्ट्रिट जर्नलले लेखेको समाचारलाई उधृत गर्दै सिएनएनले भनेको छ, अब दुई उम्मेदवारबीच नासभिलेमा तेस्रो टिभी बहसका क्रममा भेट हुनेछ ।अक्टोवर १५ मा मियामीमा आयोजना गरिएको दोस्रो बहस रद्द गरिएको जानकारी दिँदै आयोगले अब आफ्नो सम्पूर्ण ध्यान अक्टोबर २२ मा हुने तेस्रो बहसका लागि केन्द्रित गर्ने जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्