दाङको कोरोना अस्पताल बेलझुण्डीमा उपचारत एक महिलाको मृत्यु – Kanika Khabar
Friday, April 19Nepali News Portal

दाङको कोरोना अस्पताल बेलझुण्डीमा उपचारत एक महिलाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असोज २४, दाङ ।
दाङको कोरोना अस्पताल बेलझुण्डीमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको छ । तिलोत्तमा ३ रुपन्देहीका ६६ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले बताएको छ । उनको आज शनिबार बिहान ८ बजेतिर मृत्यु भएको हो । उनलाई उच्च रक्तचाप र सुगर रहेको अस्पतालले बताएको छ । उनलाई भैरहवास्थित भीम अस्पतालबाट रेफर गरिएको थियो ।

कोरोना अस्पताल बेलझुण्डीमा अझैं ९ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । जसमध्ये २ जना सङ्क्रमितको आइसियुमा उपचार भइरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्