दाङको कोरोना अस्पताल बेलझुण्डीमा उपचारत एक महिलाको मृत्यु – Kanika Khabar
Sunday, July 26Nepali News Portal

दाङको कोरोना अस्पताल बेलझुण्डीमा उपचारत एक महिलाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असोज २४, दाङ ।
दाङको कोरोना अस्पताल बेलझुण्डीमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको छ । तिलोत्तमा ३ रुपन्देहीका ६६ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले बताएको छ । उनको आज शनिबार बिहान ८ बजेतिर मृत्यु भएको हो । उनलाई उच्च रक्तचाप र सुगर रहेको अस्पतालले बताएको छ । उनलाई भैरहवास्थित भीम अस्पतालबाट रेफर गरिएको थियो ।

कोरोना अस्पताल बेलझुण्डीमा अझैं ९ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । जसमध्ये २ जना सङ्क्रमितको आइसियुमा उपचार भइरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्