सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले गरेको लकडाउनको अवधिमा खुम्च्याएको सेवाप्रवाहलाई आजदेखि केही विस्तार गर्ने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले गरेको लकडाउनको अवधिमा खुम्च्याएको सेवाप्रवाहलाई आजदेखि केही विस्तार गर्ने

    मा प्रकाशित

कनिका संवाददाता

दाङ,वैशाख २९ ।

सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले गरेको लकडाउनको अवधिमा खुम्च्याएको सेवाप्रवाहलाई आजदेखि केही विस्तार गर्ने निर्णय गरेको छ ।

प्रधानन्यायाधीशसहित न्यायाधीशको बसेको पूर्ण बैठकले नेपाल सरकार निवेदक भएको मुद्दा दोहो¥याई पाऊँ भन्ने निवेदन, पुनरावेदनको अनुमतिको निवेदन र विपक्षी झिकाउने आदेश भइनसकेका नेपाल सरकारका तर्फबाट परेको पुनरावेदन तथा साधक जाँचका लागि आएका मुद्दाको सुनुवाइ सुरु गर्ने निर्णय गरेको हो ।

बैठकपछि सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा अदालतमा न्याय सम्पादनसम्बन्धी थप काम सुरु गर्न सकिने कि नसकिने भन्ने विषयमा सर्वोच्चले उच्च अदालतसँग राय पनि मागेको उल्लेख छ ।

उच्च अदालतलाई आफू मातहतका अदालतका न्यायाधीश, कर्मचारी, सरकारी वकिल कार्यालय र बार एकाइसँग परामर्श गरी राय दिन विज्ञप्तिमा भनिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्