अब केही दिनभित्रैमा औपचारिक रुपमा चाडबाड केन्द्रित सुरक्षा योजना लागु हुने – Kanika Khabar
Friday, January 23Nepali News Portal

अब केही दिनभित्रैमा औपचारिक रुपमा चाडबाड केन्द्रित सुरक्षा योजना लागु हुने

    मा प्रकाशित

कनिका खबर
असोज २५, दाङ ।
प्रहरी प्रधान कार्यालयले कोभिड–१९ लाई केन्द्र विन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजनाबनाई लागू गर्न उपत्यका, प्रदेश र मातहतका जिल्ला प्रहरीलाई निर्देशन दिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दिएको निर्देशन अनुसार अहिले ७७ जिल्लाका प्रहरी कार्यालय विशेष सुरक्षा योजना निर्माणमा जुटेका छन् । प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतका अनुसार कतिपय जिल्लाले सुरक्षा योजना तयार पारिसकेको र कतिपय जिल्ला अन्तिम तयारीमा जुटेका छन् ।
केही दिनभित्रैमा औपचारिक रुपमा चाडबाड केन्द्रित सुरक्षा योजना लागु हुने बताइएको
छ । चाडबाडका बेला गस्ती बढाउने, सुरक्षा चौकी थप्ने र नाकामा विशेष ध्यान दिनुपर्ने आवश्यकता अनुसार रणनीति बनाउनुपर्ने भएकाले मातहतका प्रहरी कार्यालय त्यसैमा जुटिरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्