काङ्ग्रेसले भन्यो — सहमति कार्यान्वयन होस् – Kanika Khabar
Thursday, April 25Nepali News Portal

काङ्ग्रेसले भन्यो — सहमति कार्यान्वयन होस्

    मा प्रकाशित

कनिका खबर
असोज २५, दाङ ।
प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले सरकारले अनसनरत डा. गोविन्द के.सी.सँग गरेको सहमतिको स्वागत गरेको छ ।
सरकारले नचाहँदा नचाहँदै पनि चौतर्फी दबाबका कारण सहमति भएको बताउँदै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज आइबार एक विज्ञप्ति जारी गरी सहमतिको सवगत गर्दै सहमति कार्यान्वयनमा जोड दिएका छन् ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘डा केसीले अघि सार्नुभएका मुद्दाप्रति वर्तमान सरकारको रवैया शुरुआत देखि नै पूर्वाग्रहपूर्ण थियो । जुम्ला अनशन पछि काठमाडौं आइपुग्दा दुव्र्यवहारपूर्ण व्यवहार देखि वार्ता नै नगर्ने हठसम्म प्रस्तुत गर्ने सरकार चौतर्फी दबाबपछि अन्ततः वार्ता समिति बनाउँदै सहमतिमा पुगेको छ । सहमतिलाई हामीले सकारात्मक रूपमा लिएका छौं । तर विगतमा सहमति उल्लंघन गरिएको नजीर दृष्टिगत गर्दै खबरदारी जारी राख्न सबैमा अपील गर्दछौं ।’

गएराति भएको ८ बुँदे सहमतिपछि केसीले आइतबार बिहान अनसत तोडेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्