बारेकोटको घाट बजारमा पहिलो पटक गाडी पुग्यो – Kanika Khabar
Sunday, May 10Nepali News Portal

बारेकोटको घाट बजारमा पहिलो पटक गाडी पुग्यो

    मा प्रकाशित

भरत शर्मा
असोज २५, जाजरकोट ।
जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकाको घाटबजारमा पहिलो पटक गाडी पुगेको छ । गाउँपालिकाको वडा नं. २,३,४ र ५ को व्यापारिक केन्द्रको रुपमा रहेको घाट बजारमा पहिलो पटक गाडी पुगेको हो । घाटबजारमा पहिलो पटक पुगेको कुशेमालिका यातायात प्रा.लीद्धारा सञ्चालित भे १ ज ५८१ नम्बरको गाडी तथा चालकलाई स्थानीयहरुले फूलमाला र अविर लगाएर स्वागत गरेका थिए ।
जिल्लाको सबैभन्दा विकट स्थानीय तहको रुपमा रहेको बारेकोटका विभिन्न ठाउँमा पछिल्लो समयमा यातायातको पहुँच पुगेको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए । जिल्ला सदरमुकाम खलंगाबाट कालिमाटी, सिर्के, सक्ला, लिम्सा हुँदै घाट बजारसम्म नियमित यातायात सेवा सुचारूका लागि आवश्यक प्रकिया र समन्वय भईरहेको अध्यक्ष शाहले बताए । घाटबजार सम्म यातायातको सेवा पुगेपछि स्थानीय खुसी भएका छन । सुचारु भएको यातायात सेवा निरन्तर सञ्चालन गर्नका लागि सम्बन्धित पक्ष जिम्मेवार हुनुपर्ने स्थानिय बुद्धिजीवी गोरख बहादुर सिंहले बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्