चार वर्षमा पाँच करोडभन्दा बढीलाई गरीबी मुक्त बनाएको चीनको दाबी – Kanika Khabar
Friday, April 19Nepali News Portal

चार वर्षमा पाँच करोडभन्दा बढीलाई गरीबी मुक्त बनाएको चीनको दाबी

    मा प्रकाशित

एजेन्सी – चीनले चार वर्षमा पाँच करोडभन्दा बढीलाई गरीबी मुक्त बनाएको दाबी गरेको छ ।

‘तेह्रौं पञ्चवर्षीय योजना’ को अवधिमा चीनका पाँच करोडभन्दा बढी ग्रामीण वस्तीका जनता गरीबीबाट मुक्त भएका चीनको गरीबी तथा जनसङ्ख्या ब्यूरोको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

सन् २०१६ मा चीनमा गरीबी दर ४।५ प्रतिशत थियो भने सन् २०१९ मा त्यो घटेर ०।६ प्रतिशतमा झरेको तथ्याङ्कले देखाएको छ ।

चालु वर्ष समग्र क्षेत्रमा गरीबी पूर्णतया उन्मूलन गर्ने चीन सरकार र खासगरी राष्ट्रपति सी चिनफिङको योजनामा चीनले सफलता पाएको अधिकारीहरूले बताएका छन् ।

‘तेह्रौँ पञ्चवर्षीय योजना’ को अवधिमा चीनमा गरीबहरूको आम्दानीमा व्यापक वृद्धि भएका ब्यूरोको दावी छ ।

तथ्याङ्क अनुसार गरीबी जनसङ्ख्याको प्रतिव्यक्ति आय सन् २०१६ मा चार हजार १४२ युआन रहेकोमा सन् २०१९ मा बढेर नौ हजार ५७ युआन पुगेको छ ।

आयको औसत वार्षिक वृद्धि ३० प्रतिशत पुगेको छ भने चीनमा गरिबहरूको आय संरचना अझ अनुकूलित गरिएको छ र आफैँमा गरीबीबाट बच्न सक्ने क्षमता निरन्तर सुधारिएको छ ।

चालु वर्ष गरीबी निवारणको व्यापक लक्ष्य पूरा भएपछि चीनले सन् २०३० का लागि दिगो विकास कार्यक्रमअन्तर्गतको संयुक्त राष्ट्र संघको एजेन्डाको गरीबी निवारण लक्ष्य १० बर्ष अघि नै पूरा गर्दैछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्