विमानस्थलमा हुने भिडभाड कम गर्न नयाँ नियम – Kanika Khabar
Friday, April 26Nepali News Portal

विमानस्थलमा हुने भिडभाड कम गर्न नयाँ नियम

    मा प्रकाशित

कनिका खबर
असोज २६, काठमाडौँ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अब एक जना यात्रुका लागि एक जना मात्र आफन्तले प्रवेश पाउने भएका छन् । त्रिभुवन विमानस्थल कार्यालयले हिजो सूचना प्रकाशित गर्दै काठमाडौं उपत्यकामा बढ्दो कोरोना सङ्क्रमणका बीच विमानस्थलमा हुने भिडभाड कम गर्ने यस्तो नियम ल्याएको जनाएको छ ।विमानस्थलले सकेसम्म आफन्त नलिई विमानस्थलमा आउन भन्दै आफन्तजन वृद्धवृद्धा भएमा, अशक्त भएको अवस्थामा लिन वा पु¥याउन आउनु नै पर्ने भएमा एक जनालाई मात्र प्रवेश दिइने जनाएको छ ।अब विमानस्थलको गेटबाटै सुरक्षाकर्मीले एक जनालाई मात्र प्रवेश दिनेछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्