बुटवल पाल्पा खण्डमा पहिरो हटाउन सडक बन्द गरिने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

बुटवल पाल्पा खण्डमा पहिरो हटाउन सडक बन्द गरिने

    मा प्रकाशित

कनिका खबर
असोज २६, पाल्पा ।
सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्डका विभिन्न स्थानमा गएको पहिरो हटाउन असोज २६ गते अर्थात् आजदेखि असोज २९ गतेसम्म सडक बन्द रहने भएको छ । सडक डिभिजन कार्यालय पाल्पाका अनुसार सोमबार बिहान ६ बजेदेखि ९ बजेसम्म सिद्धार्थ राजमार्गमा गएको पहिरो हटाउने कार्य हुनेछ ।पहिरो हटाउने बेलामा सडकमा यातायात आवतजावत बन्द हुने जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी मदन गिरीले जानकारी दिनुभयो । सिद्धार्थ राजमार्ग अन्तर्गत चिडियाखोलादेखि बर्तुङ्सम्मको पहिरो हटाउने कार्य हुने सडक कार्यालयले जनाएको छ । गत असारदेखि परेको वर्षाले पाल्पा–बुटवल खण्ड ठाउँ ठाउँमा अत्याधिक रुपमा पहिरो गएको छ ।जोखिम पनि बढी रहेको प्रहरी जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्