दाङका किसान तरकारि खेतिमा आकर्षित – Kanika Khabar
Saturday, April 20Nepali News Portal

दाङका किसान तरकारि खेतिमा आकर्षित

    मा प्रकाशित

सलिना न्यौपाने
दाङ २६ असोज

अहिले दाङमा कृषि पेशालाई अंगाल्नेको संख्या बढ्दै छ र यसैबाट आत्मनिर्भर बन्दै गएका छन ।यस्तै मध्यका १ हुनुहुन्छ
घोराहि उपमहानगपालीका वडा नं १५का ४२ बर्षिय बिष्णु अर्याल । उँहा अहिले तरकारि खेतिमा ब्यस्त हुनुहुन्छ । बारीमा लटरम्म टमाटर फेलेका छन , गोबि फल्ने तयारीमा छन यो सबै कृषक बिष्णु अर्यालले बारीमै परीश्रम गरी उब्जाएको खेति हो ।

भारतमा १० बर्ष होटेल ब्यबसाय गरेका अर्याल अहिले नेपालमै कृषि पेसाबाट आत्मनिर्भर बन्नका लागि बिगत ७ बर्षदेखि तरकारी खेति गर्दै आउनुभएको छ ।

घोराहि उपमहानगरपालीका वडा नं १ साइपुरमा प्रशस्त सिचाई हुने ठाँउमा उँहाले अहिले ७ बिघा जग्गा लिजमा लिएर कृषि पेशा गरी सरदर १० जनालाई रोजगारी समेत दिनुभएको छ । करीव १० लाखको आफ्नै लगानिबाट ब्यबसाय सुरु गरीएको उहाको भनाई छ ।

कृषि कार्यालयबाट आउने अनुदान बास्तबिक कृषकले नपाई पहुचवालाई पाउने र अनुदान पाउने प्रकृया सामान्य किसानले चाल्न नसक्ने भएका कारणपनि बास्तबिक किसान यो सुबिधा बाट बञ्चित हुनु परेको उँहाको भनाई छ । यस्तै प्रबृतिका कारण आफुले अनुदानको प्रकृया नचालेको पनि उँहाको भनाई छ ।

बिभिन्न कष्टहरुको सामना गर्दै जाने क्रममा सामान्य अवस्था भन्दा कोरोना कहरको बिच भएको लकडाउनले थोरै मात्रामा असर पुगेपनि आफुलाई भने धेरै असर नगरेको कृषक अर्यालको भनाई छ ।

आफुले गरेको तरकारी खेति आफ्नै स्थानिय बजारमा खपत हुने भएका कारण बाहिर पठाउन नपर्ने पनि उँहाले बताउनुभयो ।
यस्ता कृषकको लागि तिन तहको सरकारले ठोस योजना ल्याउन जरुरी देखिन्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्