कोरोना कहरकै कारण बिद्यालय शिल – Kanika Khabar
Tuesday, May 19Nepali News Portal

कोरोना कहरकै कारण बिद्यालय शिल

    मा प्रकाशित

कनिका खबर
असोज २६ दाङ

दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको शंकर माध्यमिक विद्यालय शिल गरिएको छ । राप्ती गाउँपालिकाको निर्देशनमा सिकाई सहजीकरण हुँदै आएकोमा समुदाय स्तरमा पनि कोरोना भाइरसको संक्रमण तिव्र गतिमा फैलिरहेकाले विद्यालयका केहि विद्यार्थीहरूमा पनि त्यसको मिल्दोजुल्दो लक्षण देखा परेकाले र शिक्षकको सम्पर्कमा आएका व्यक्तिहरूमा समेत कोरोना पोजेटिभ देखिएकोले असोज २६ गते सोमबार देखि असोज ३० गते शुक्रबार सम्म ५ दिनका लागि विद्यालय शिल गर्नु परेको विद्यालयका प्रअ सुवर्णमान चौधरीले जानकारी दिनुभयो ।

कोरोना पोजेटिभ देखाएका व्यक्तिको सम्पर्कमा रहेका शिक्षकको पिसिआर रिपोर्ट नआएकाले सो समय अवधीमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षकहरूको समन्वयमा सञ्चालन हुँदै आएको शिक्षण सिकाई सहजीकरण तत्कालका लागि बन्द गरिएको र कक्षा ११ को परिक्षा तथा अत्यावश्यक प्रशासनिक कार्य भने स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर गर्ने निर्णय भएको विद्यालयका प्रअ चौधरीले जानकारी दिनुभयको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्