नेपालमा पछिल्लो २४ घण्टामा थप ४०४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नेपालमा पछिल्लो २४ घण्टामा थप ४०४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
असोज २६, दाङ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४०४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ

मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३३ हजार ८८० रहेको छ ।   यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७५५ थियो ।

पछिल्लो २४ घण्टामा थप १४७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७७ हजार २२७ पुगेको छ ।

यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७५ हजार ८०४ रहेको थियो ।

मन्त्रालयका अनुसार आइतबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६३६ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६४५ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्