आज पृथ्वीबाट दुर्लभ दृश्य : मंगल ग्रह सबैभन्दा ठूलो र चम्किलो देखिने – Kanika Khabar
Wednesday, March 11Nepali News Portal

आज पृथ्वीबाट दुर्लभ दृश्य : मंगल ग्रह सबैभन्दा ठूलो र चम्किलो देखिने

    मा प्रकाशित

कनिका खबर
असोज २७, दाङ ।


आज मंगल ग्रह सबैभन्दा ठूलो र चम्किलो देखिने भएको छ । आज पृथ्वीबाट मंगल ग्रह सबैभन्दा ठूलो र चम्किलो देखिने नासाले बताएको छ ।

मंगल, पृथ्वी र सूर्य आपसमा सीधा रेखामा हुने भएकाले पृथ्वीबाट आज मंगल ग्रह ठूलो र चम्किलो देखिने भएको नासाले जानकारी दिएको छ ।

यी तीनवटा ग्रह १८० डिग्रीको कोणमा रहने यो दुर्लभ खगोलीय घटना भएको नासाले जनाएको छ ।

यसलाई टेलिस्कोपको सहयोगमा अवलोकन गर्न सकिने भए पनि राम्रोसँग हेर्न भने नजिकको खगोल विज्ञान केन्द्रमै जानुपर्ने हुन्छ।

यस्तो दुर्लभ घटना हरेक २ वर्ष (२६ महिना) मा आउने खगोलबिद्हरूलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

यसअघि गत सन् २०१८ को जुलाई ३१ मा मंगल ग्रह र पृथ्वी नजिक आएका थिए । त्यसको दुई महिना अघि नासाले मंगल ग्रहको मिसन लन्च गरेको थियो ।

सन् २००३ मा मंगल ग्रह र पृथ्वीबिचको दुरी ३४.८ माइल थियो । अब सन् २०३५ सम्म पृथ्वी र मंगल ग्रह यति नजिक हुने छैनन् ।

मंगल ग्रहको अधिकतम तापक्रम २० डिग्री सेल्सियस हुन्छ । मंगल ग्रहमा २५ घण्टाको एक दिन हुन्छ । तर त्यहाँ वर्ष भने पृथ्वीको भन्दा करिब दुई गुणा लामो हुन्छ । किनभने सूर्यको परिक्रमा गर्न मंगल ग्रहलाई ६८७ दिन लाग्छ ।

आज जीएमटी २३ः२० मा मंगल, पृथ्वी र सूर्य तीनवटै ग्रह १८० डिग्रीको कोण अर्थात् सीधा लाइनमा हुने अमेरिकी अन्तरीक्ष निकाय नासाले जनाएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्