जुम्ला पातारासी गाउँपालिका ७ का स्थानीय रातो हाब्रे संरक्षण अभियानमा – Kanika Khabar
Thursday, April 25Nepali News Portal

जुम्ला पातारासी गाउँपालिका ७ का स्थानीय रातो हाब्रे संरक्षण अभियानमा

    मा प्रकाशित

गोल्डेन बुढा
असोज २७, जुम्ला ।
जुम्ला पातारासी गाउँपालिका ७ का स्थानीय रातो हाब्रे अर्थात रेड पाण्डा संरक्षणमा जुटेका छन् । विश्वकै दुर्लभ वन्यजन्तु हाब्रे हराउने अवस्थामा पुगे पछि पातारासी ७ पट्माराका स्थानीय संरक्षणमा जुटेका हुन् । गुराँस र बाँस प्रशस्त भएको समशितोष्ण पतझड र कोणधारी जङ्गल क्षेत्रहरूमा पाइने हाब्रे अर्थात रेड पाण्डाको ४३ प्रतिशत बासस्थान कर्णालीमा छ ।
विश्वमा दुर्लभ जीवको रुपमा रहेको रेड पाण्डाको संरक्षणको लागि स्थानीय अभियानमा जुटेका छन् । पातारासी गाउँपालिका ७ का वडाध्यक्ष लालबहादुर बुढाले रेड पाण्डाको संरक्षण गर्दै आर्थिक उपार्जनसँगै वन्यजन्तु संरक्षण र पर्यापर्यटनलाई अघि बढाउन सकिने बताए । बढ्दो जनसंख्या र वनजंगल फडानीले रेड पाण्डा लोप हुँदै गएको छ । रेड पाण्डा नेपाल, चिन, वर्मा, भुटान लगायतका देशमा पाइने भए पनि यिनीहरूको सङ्ख्या दिनानुदिन घट्दै गएको छ ।
पहिला घरआगनमै रेड पाण्डा आउने गरपनि अहिले कम हुँदै गएकाले संरक्षण अभियानमा जुटेको माहारुद्र सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टेकवहादुर बुढा बताउँछन् । हाल नेपालमा रेड पाण्डाको सङ्ख्या ५ सयको हाराहारीमा रहेको छ भने नेपालका ३४ वटा जिल्लामा मात्र रेड पाण्डा पाइन्छ । रेड पाण्डाको चोरी शिकारीमा संलग्नलाई १ वर्षदेखि १० वर्ष कैद र १ लाखदेखि ५ लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ । कानुनको कार्यान्वयन गर्दै रातो पाण्डा जोगाउने अभियानमा रहेको बताउछन्, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक देवराज भट्टराई ।
रेड पाण्डा संरक्षण गर्न सरकारले सन् २०१९ देखि २३ सम्म रेड पाण्डालाई पर्यटनसँगै जोडेर विशेष संरक्षण गर्ने नीति पनि लिएको छ । हाल जुम्लाको सिंजा र पातारासीमा रेड पाण्डा संरक्षणको अभियान चलिरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्