इन्द्रावतीका सबै सेवा एक हप्ताका लागि बन्द – Kanika Khabar
Saturday, January 17Nepali News Portal

इन्द्रावतीका सबै सेवा एक हप्ताका लागि बन्द

    मा प्रकाशित

देवराज सुवेदी
असोज २७, मेलम्ची ।

इन्द्रावती गाउँपालिकाका सबै सेवा बन्द गरिएको छ । आज गाउँपालिकाका सात जनामा कोरोनास संक्रमण देखिएपछि कोभिड १९ नियन्त्रण तथा व्यवस्थापन समितिको बसेको बैठकबाट ७ दिनका लागि इन्द्रावती गाउँ कार्यपालिका, सम्पूर्ण वडा कार्यालयहरुमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । बैठकले गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका पठनपाठन अर्को सूचना जारी नभएसम्म बन्द गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिनुभयो ।अध्यक्ष तामाङका अनुसार गाउँपालिका बाहिरबाट आउनेलाई अनिवार्य रुपमा १४ दिन होम क्वारेन्टाइनमा बस्न लगाउने, यदि नबसेमा गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइनेछ ।
विदेशबाट आएका, अस्पतालबाट आएका र कोरोना जोखिम स्थानबाट गाउँपालिकामा आउनेलाई पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट सहित अनिवार्य रुपमा होम क्वारेन्टाइनमा राख्ने व्यस्था वडा कार्यालयबाट गराइने भएको छ ।अहिलेको विषय परिस्थितिमा गाउँपालिकामा कुनै पनि सरकारी तथा गैरसरकारी निकायबाट कुनै सभा सम्मेलन तथा गोष्ठी सञ्चालन गर्न निषेध गरिएको छ । त्यसैगरी गाउँपालिकाले अत्यावश्यक काम बाहेक काठमाडौं आउजाउमा समेत निषेध गरेको छ ।
अत्यावश्यक सार्वजनिक सवारी साधन सञ्चालन गर्नुपरे आवश्यक सुरक्षा मापदण्ड अपनाएर मात्रै गर्न गाउँपालिकाले आग्रह गरेको छ । नजिकिदै गरेको दशै, तिहार, छठ जस्ता चाडपर्व, मेला महोत्सवमा सुरक्षा मापदण्ड पालना गर्न लगाउने, घरभित्रै नै चाडपर्व मनाउन सम्पूर्ण गाउँवासीलाई गाउँपालिकाले अनुरोध गरेको छ । अनावश्यक रुपमा घर बाहिर ननिस्कन, भिडभाड नगर्न सार्वजनिक सूचना जारी गर्ने गाउँपालिकाले निर्णय गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्