काठमाडौँ जिल्ला प्रशासनबाट अत्यावश्यक सेवा मात्र – Kanika Khabar
Friday, January 23Nepali News Portal

काठमाडौँ जिल्ला प्रशासनबाट अत्यावश्यक सेवा मात्र

    मा प्रकाशित

कनिका खबर
असोज २७, काठमाडौँ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरेको छ ।
प्रशासनले आज एक सूचना जारी गर्दै चार जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि अर्को सूचना नआएसम्मका लागि भोलि बुधबारदेखि लागु हुने गरी सेवाहरु बन्द गरिएको जानकारी दिएको हो । जिल्ला संकट व्यवस्थापन केन्द्र सम्बन्धित सरोकारवाला निकाय, स्वास्थ्य विज्ञसमेतको छलफलपछि, नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, हातहतियार दर्ता, नवीकरण संस्था दर्ता पत्रपत्रिका दर्ता सेवाको कार्य बन्द गरिएको हो ।
नवीकरणसम्बन्धी कार्य, निजी सुरक्षा कम्पनी, नवीकरण राहदानी वितरण, नाबालिग परिचयपत्र वितरण अन्य अत्यावश्यक नभएका सेवाहरु स्थगित गरिएको हो । शान्ति सूरक्षासम्बन्धी सेवा, ठाडो निवेदन र उजुरीसम्बन्धी सेवा, मुद्दाको सुनुवाइसम्बन्धी सेवा, विपद व्यवस्थापनसम्बन्धी सेवाहरु भने नियमित संचालन रहने प्रशासनले बताएको छ ।
अत्यावश्यक सेवाका लागि जिल्ला प्रशासन कार्यालय परिसरमा प्रवेश गर्ने सेवाग्राहीले सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य पालन गर्न अनुरोध पनि भनिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्