कनिका खबर
असोज २७, काठमाडौँ ।
पानी व्यवसायीहरुले जारको पानीको मूल्य नबढाउने भएका छन् । वाणिज्य विभागसँग भएको छलफलमा पानी व्यवसायीहरुले मूल्य नबढाउने सहमति गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका प्रवक्ता रविन्द्र आर्चायले बताए ।
व्यवसायीहरुले बढाएको मूल्य फिर्ता गर्ने गरी सार्वजनिक रुपमा वक्तव्य निकाल्ने सहमति भएको उहाँको भनाइ छ । थप निर्णय नभएसम्म मूल्य वृद्धि नगर्ने सहमित भएको हो । अब पूरानै मूल्यमा जार तथा बोतलको पानी खरिद गर्न सकिनेछ । पानी व्यवसायहरुले बढी मूल्य लिएमा उपभोक्ताहरुले सम्बन्धित निकाय तथा विभागमा जानकारी दिन सकिनेछ । नेपाल वोटल वाटर उद्योग संघले एकतर्फी रुपमा असोज १८ गते परिपत्र जारी गरी मूल्य बढाएको थियो ।
मा प्रकाशित


