संयुक्त राष्ट्रसंघ, मानव अधिकार परिषदको सदस्यमा नेपाल निर्वाचित – Kanika Khabar
Monday, April 13Nepali News Portal

संयुक्त राष्ट्रसंघ, मानव अधिकार परिषदको सदस्यमा नेपाल निर्वाचित

    मा प्रकाशित

कनिका खबर
असोज २८, दाङ ।

संयुक्त राष्ट्र मानवाधिकार परिषद् United Nations Human Rights Council –  UNHRC | Vivace Panorama
संयुक्त राष्ट्रसंघ, मानव अधिकार परिषदको सदस्यमा नेपाल दोस्रो कार्यकालका निर्वाचित भएको छ । यो निर्वाचित नेपालको लगातार दोस्रो पटक हो ।

राष्ट्रसंघको मुख्यालयमा हिजो मंगलबार राति भएको निर्वाचनमा नेपाल सन् २०२१—०२३ सम्मको तीन वर्षे कार्यकालको रहने छ ।

एसिया प्रशान्त क्षेत्रको सदस्यका रुपमा नेपालसँगै चीन, पाकिस्तान र उज्वेकिस्तान पनि निर्वाचित भएका छन् ।

मतदानमा नेपालले १ सय ५० मत प्राप्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नयाँ कार्यकालका लागि निर्वाचित अन्य सदस्यमा अफ्रिकाबाट आइभरिकोस्ट, गाबोन, मावाली र सेनेलग, पूर्वी युरोपबाट रुस र युक्रेन, ल्याटिन अमेरिकाबाट बोलिभिया, क्युबा र मेक्सिको र पश्चिम युरोपबाट बेलायत र फ्रान्स छन्।

तीन वर्षे नयाँ कार्यकाल सन् २०२१ जनवरीबाट सुरु हुनेछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्