खाद्य ऐन विपरीत काम गर्ने १४ उद्योग विरुद्ध मुद्दा दायर – Kanika Khabar
Tuesday, November 24Nepali News Portal

खाद्य ऐन विपरीत काम गर्ने १४ उद्योग विरुद्ध मुद्दा दायर

    मा प्रकाशित

कनिका खबर
असोज २८, काठमाडौँ ।
खाद्य ऐन विपरित काम गर्ने १४ उद्योग विरुद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मुद्दा दायर गरेको छ । उपभोक्ताको गुनासो तत्कालै सुन्न, चाडपर्वलक्षित अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्य प्रतिकुल हुनेगरी खाद्य वस्तु उत्पादन गर्ने उद्योगहरुलाई कारबाही थालिएको विभागले जनाएको छ ।खाद्य ऐन विपरीत सञ्चालनमा रहेका दुई उद्योगको उत्पादन रोक्का गरिएको र १४ उद्योगविरुद्ध भने मुद्दा चलाइएको विभागले जनाएको छ ।
अनुमति नलिई सञ्चालनमा ल्याइएको एक पानी उद्योग पनि सिल गरिएको विभागले जनाएको छ । ठूला चाडपर्वमा हुने भिडभाडमा उपभोक्तालाई ठगिन नदिन विभागले खाद्य पदार्थको अनुगमनलाई तीब्रता दिएको पनि विभागले जनाएको छ ।
विभाग र मातहतका देशभरका कार्यालयहरुबाट तीन सय ९८ स्थानका होटल, खाद्य उद्योग, दाना उद्योग खाद्य पसलमा अनुगमन भएकोमा खाद्य पदार्थ तथा दाना उद्योगको २७८ र खाद्य स्वच्छता सम्बन्धी १सय५५ गरी ४ सय ३३ नमूना संकलन भएको विभागले जनाएको छ ।
प्राप्त नमूनाहरुको आधारमा परीक्षण गर्दा १४ वटा नमूनामा गुणस्तर कम पाइए पछि कारावाही गरिएको पनि विभागले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्