भारतको हैदराबादमा छाना र पर्खाल भत्किँदा ११ जनाको मृत्यु – Kanika Khabar
Tuesday, November 24Nepali News Portal

भारतको हैदराबादमा छाना र पर्खाल भत्किँदा ११ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असोज २८, दाङ ।
भारतको हैदराबादमा छाना र पर्खाल भत्किँदा ११ जनाको मृत्यु भएको छ । हैदराबादमा लगातारको वर्षाका कारण बदलागुडाको मोहम्मदिया हिल्समा पर्खाल भत्किँदा ९ जनाको मृत्यु भएको छ भने इब्राहिम पटनममा घरको छाना खस्दा ३ जनाको मृत्यु भएको छ । हैदरावादमा लगातारको वर्षाका कारण विभिन्न क्षेत्र जलमग्न बनेको छ । वर्षाका कारण प्रभावित क्षेत्रमा उद्दारका लागि टोली परिचालन गरिएको छ । तेलङ्गानाका मुख्य सचिव सोमेश कुमारले हैहराबादमा पछिल्लो २४ घन्टामा २० सेन्टिमिटरभन्दा बढी पानी परेको र विभिन्न शहर डुबानमा परेको बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्