भारतीय सेनाध्यक्ष नरभानेको नेपाल भ्रमणको तयारी थालियो – Kanika Khabar
Friday, March 13Nepali News Portal

भारतीय सेनाध्यक्ष नरभानेको नेपाल भ्रमणको तयारी थालियो

    मा प्रकाशित

कनिका खबर
असोज २८, दाङ ।
भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरभानेले नेपाल भ्रमण थाल्ने भएका छन् । सीमा विवाद र कोरोना भाइरसको महामारीका कारण रोकिएको भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरभानेको नेपाल भ्रमणको तयारी थालेका हुन् ।

नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने प्रचलन छ । त्यसैका लागि नरभाने नेपाल आउन लागेका हुन् ।
स्रोतका अनुसार नरभानेलाई कात्तिक महिनाभित्रै नेपाल भ्रमणमा आउने गरी औपचारिक निमन्त्रणा पठाउन लागिएको छ । भारतीय पक्षसँग अनौपचारिक संवादपछि निमन्त्रणा पठाउन थालिएको हो ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले भने २९ पुस २०७५ मा भ्रारत भ्रमण गरेर मानार्थ सेनापतिको सम्मान ग्रहण गरिसकेका छन् ।

उनी नेपाल फर्किएपछि २० माघ २०७६ को मन्त्रिपरिषद बैठकले भारतीय सेना प्रमुख नरभाने र इजरायलका सेना प्रमुख अभी जोकोभिचको नेपाल भ्रमण स्वीकृत गरिसकेको छ । त्यही अनुसार नरभानको भ्रमण हुन लागेको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्