संघीय सांसद सानु सिवाको निधन – Kanika Khabar
Saturday, May 30Nepali News Portal

संघीय सांसद सानु सिवाको निधन

    मा प्रकाशित

कनिका खबर
असोज २८, दाङ ।
लामो समयदेखि मृगौला र मुटुको समस्याबाट पीडित संघीय संसद प्रतिनिधिसभाकी सदस्य सानु सिवा पहाडीको बुधवार निधन भएको छ । उनको उपचारको क्रममा काठमाडौं मेडिकल कलेजमा निधन भएको हो ।
उनी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बाट समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्य बनेकी थिइन् ।

पहाडीको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन्।

‘हाम्रो पार्टी नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य, संस्कृतिकर्मी सानु शिवा पहाडीको असामयिक निधन भएकोमा दुःख लागेको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, प्रधानमन्त्रीले भनेका छन्।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्