मुलुकभरको मौसममा आंशिक बदली – Kanika Khabar
Saturday, January 17Nepali News Portal

मुलुकभरको मौसममा आंशिक बदली

    मा प्रकाशित

कनिका खबर
असोज २९, दाङ

बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदा मुलुकभरको मौसममा आंशिक मात्रै बदली भएको छ ।

उत्तरपश्चिम बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम उत्तर दिशामा अरब सागरतर्फ सर्ने क्रममा रहेकाले मौसममा खासै प्रभाव नरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १ का एकाध ठाउँमा आज दिउँसो र राति पनि हल्का वर्षाको सम्भावना छ ।

बागमती प्रदेश र गण्डकी प्रदेशका भने दिउँसो केही स्थानमा हल्का वर्षाको सम्भावना छ । अन्यत्र भने मौसम सफा रहने जनाइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्