तिर्थराज ज्ञवाली
दाङ, असोज २९ ।

दाङको राप्ती गाउँपालिकामा गरिव विपन्न कृषक परिवारको छनौट गरी नामसालीङ विकास केन्द्रले वीउ वितरण गरेको छ । गाउँपालिकासँगको समन्वयमा एकिकृत परियोजना सञ्चालन गर्दै आएको नामसालीङले वडा नं १ देखि ९ सम्मका करिव ४ सय जना किसानलाई उन्नत जातको गहुँको वीउ, प्रथम पुस्ता र दास्रो पुस्ताको आलुको वीउ तथा करिव ४५० घरधुरीलाई पुग्नेगरी तरकारी, प्याज, रायो, मुला, गाँजर, सिमि, खुर्सानी लगायतको बीउ उपलब्ध गराएको हो ।
पोषण, कृषि, जलवायु परिवर्तन अनुकुलन, आयआर्जन वृद्धि, सुशासन तथा सामाजिक समावेशीकरणको क्षेत्रमा काम गर्दै आएको नामसालीङ विकास केन्द्रले कृषकलाई कृषि खेती प्रणालीको जानकारी दिँदै वीउ उपलब्ध गराएको कृषि अधिकृत शशाङ्क वावु आचार्यले जानकारी दिएका छन् ।


