पदभार सम्हाल्दै गर्दा सञ्चारमन्त्रीले बनाए कर्मचारीलाई सचेत – Kanika Khabar
Saturday, January 17Nepali News Portal

पदभार सम्हाल्दै गर्दा सञ्चारमन्त्रीले बनाए कर्मचारीलाई सचेत

    मा प्रकाशित

कनिका खबर
असोज २९, काठमाडौँ ।
आज बिहीबार नवनियुक्त तीन मन्त्रीले सपथ लिएपछि मन्त्रालयको कार्यभार सम्हालेका छन् । कार्यभार सम्हाल्दै गर्दा नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कर्मचारीलाई समेत सचेत गराएका छन् । मन्त्री गुरुङले भने, ‘मैले गलत गर्दैनँ र गलत गर्नेहरुलाई पनि स्वीकार गर्दैनँ ।’ मन्त्री गुरुङले गलत सूचना दिने तथा गलत ढंगले सल्लाह दिए सम्बन्ध नमिठो बताएका छन् ।

सञ्चारमन्त्रीको पदभार ग्रहण गरेका उनले भनेका छन्, ‘मन्त्रीले कुरा बुझेको छ कि छैन । यति कुरा त अलमल्याएर यसरी नै जान सकिन्छ भनेर तपाईहरुले पनि बाङ्गोटिङ्गो बाटो लिनुभयो भने म छिटो बुझ्न प्रत्यन गर्नेछु ।’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्