मेलम्चीको अत्यावश्यक बाहेकका सेवा कार्तिक ६ गतेसम्म बन्द रहने – Kanika Khabar
Friday, January 23Nepali News Portal

मेलम्चीको अत्यावश्यक बाहेकका सेवा कार्तिक ६ गतेसम्म बन्द रहने

    मा प्रकाशित

देवराज सुवेदी
असोज २९, सिन्धुपाल्चोक ।
मेलम्ची नगरपालिकाको अत्यावश्यक बाहेकका सेवाहरू भोलिबाट कार्तिक ६ गतेसम्म बन्द रहने भएको छ । आज नगरप्रमुख डम्बर अर्यालको अध्यक्षतामा बसेको नगरपालिकाको विभागिय शाखा प्रमुखहरूको बैठकले यस्तो निर्णय गरेको हो । जनप्रतिनिधि एवम् कर्मचारी कन्ट्रयाक ट्रेसिङमा रहेको र समुदायमा कोरोना सङ्क्रमण फैलिदै गएको पाइएकाले मेलम्ची नगरपालिका र यसअन्तर्गतका वडा कार्यालयहरूबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको नगरपालिका प्रमुख डम्बर अर्यालले जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्