सल्यानका किसानले व्यावसायिक टिमुर खेती गर्दै – Kanika Khabar
Friday, March 29Nepali News Portal

सल्यानका किसानले व्यावसायिक टिमुर खेती गर्दै

    मा प्रकाशित

कनिका खबर

सल्यान, २९ असोज ।

मनग्य आम्दानी हुने भएपछि सल्यानका किसानले व्यावसायिक टिमुर खेती गर्दै आएका छन् । घरायसी प्रयोजनका लागि प्रयोग गर्दै आएका किसानहरू राम्रो आम्दानी हुन थालेपछि व्यावसायिक खेतीमा लागेका हुन् ।

स्थानीय सरकारले जडिबुटीको अनुसन्धान, विकास तथा खेतीअन्तर्गत टिमुरलाई प्राथमिकताको सूचिमा राखेपछि किसानहरू टिमुर खेतीतर्फ आकर्षित हुँदै गएका हुन् । ग्रामीण किसानहरूको जीवनस्तर उकास्न टिमुर निकै फलदायी रहेको बागचौर नगरपालिका–६ कोटबाराका कुलबहादुर वलीले बताए ।

गत वर्ष ७ क्विन्टल टिमुर विक्री गरेका वलीले यो वर्ष पनि ८ क्विन्टल जति हुने अनुमान गरेको बताए । सल्यानको हावापानी जडिबुटी खेतीका लागि उपयुक्त भएकाले आफूले पनि जडिबुटी खेतीमा लागेको छत्रेश्वरी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष प्रेम खड्काले बताए । जिल्लामा वार्षिक १७ करोडभन्दा बढीको टिमुर निकाशी हुँदै आइरहेको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसका कारण निकासी नहुँदा यो वर्ष भने टिमुरले खासै मूल्य नपाएको व्यापारी हरि न्यौपानेले बताए । भारतका मुख्य कम्पनी डाबर र पतञ्जलीले माग नगरेपछि टिमुर थन्किएको उनको भनाइ छ । अहिले तीन सय रुपैयाँमा कारोबार भएको उनको भनाइ छ । विगतका वर्षहरूमा ६ सय रुपैयाँदेखि ८ सय रुपैयाँ किलोसम्म भएको टिमुर कोरोनाका कारण मूल्य घटेको उनको भनाइ छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्