लोकसेवा आयोगले सङ्क्रमितलाई परीक्षामा सहभागि गराउने विषयमा छलफल गर्दै – Kanika Khabar
Tuesday, April 21Nepali News Portal

लोकसेवा आयोगले सङ्क्रमितलाई परीक्षामा सहभागि गराउने विषयमा छलफल गर्दै

    मा प्रकाशित

कनिका खबर
असोज ३०, काठमाडौं
सर्वोच्च अदालतले कोरोना सङ्क्रमितलाई पनि लोकसेवा आयोगको परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएपछि लोकसेवा आयोगले छलफल गर्ने भएको छ । आयोगले सोमबार छलफल गर्ने निर्णय गर्ने तयारी गरेको छ । सर्वोच्चको आदेशपछि लोकसेवा आयोगले भने अब बैठक बसेर थप निर्णय गर्ने सूचना अधिकारी देवीप्रसाद सुवेदीले सीआईनलाई जानकारी दिनुभयो । अदालतले हिजो परीक्षामा सहभागि गाउन आदेश दिएको थियो । आयोगले जारी गरेको सङ्क्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्डको बुँदा नम्बर ८(१) को कार्यान्वयन नगर्न नगराउन भनेको छ । यो बुँदामा परीक्षार्थीले आफू कोभिड–१९ सङ्क्रमित भए नभएको स्वयम् घोषणा गर्नुपर्ने तथा सङ्क्रमित परीक्षार्थीले परीक्षा केन्द्रमा प्रवेश गर्न नपाउने व्यवस्था गरेको छ । त्यसविरुद्ध परेको रिटमा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले सङ्क्रमित व्यक्ति परीक्षा दिनबाट बञ्चित हुँदा संविधान प्रदत्त पेशा रोजगार गर्न पाउने हक, समानताको हक, स्वास्थ्य अवस्थाको अधारमा विभेद विरुद्धको हक, छुवाछुत तथा भेदभावविरुद्धको हकसमेत उल्लंघन हुने ठहर गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्