स्वस्थ युवाले २०२२ सम्म कोरोना भाइरस (कोभिड(१९)को खोप नपाउन सक्ने – Kanika Khabar
Sunday, November 22Nepali News Portal

स्वस्थ युवाले २०२२ सम्म कोरोना भाइरस (कोभिड(१९)को खोप नपाउन सक्ने

    मा प्रकाशित

कनिका खबर
असोज ३०, काठमाडौं
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले स्वस्थ युवाले सन् २०२२ सम्म कोरोना भाइरस (कोभिड(१९)को खोप नपाउन सक्ने बताएको छ । डब्ल्यूएचओको ध्यान खोप उपलब्ध भएसँगै सबैभन्दा पहिला वृद्ध र जोखिमपूर्ण समुहको सूचीमा रहेका मानिसमा केन्द्रित रहेकाले स्वस्थ युवाले छिटो कोरोनाविरुद्धको खोप नपाउन सक्ने डब्ल्यूएचओका प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथनले बताउनुभएको हो । उहाँका अनुसार खोप आएपछि सबैभन्दा पहिला स्वास्थ्यकर्मी, अग्रभागमा खटिने कर्मचारी र वृद्धबृद्धाहरुले यो खोप पाउने छन् । यद्यपि कसलाई प्राथमिकतामा राख्ने भन्ने विषयमा अझै पनि छलफल भइरहेको उहाँको भनाइ छ । स्वामीनाथनले सन् २०२१ मा कम्तीमा एउटा सुरक्षित र प्रभावकारी खोप आउन सक्ने बताउनुभएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्