५ लाख मेट्रिक टन मल ल्याउन सम्भव नरहेको कृषि मन्त्री भुसालको भनाइ – Kanika Khabar
Friday, April 19Nepali News Portal

५ लाख मेट्रिक टन मल ल्याउन सम्भव नरहेको कृषि मन्त्री भुसालको भनाइ

    मा प्रकाशित

कनिका खबर
असोज ३०, काठमाडौं
कृषि तथा पशुपन्क्षी विकासमन्त्री घनश्याम भुसालले ५ लाख मेट्रिक टन मल ल्याउन सम्भव नभएको बताउनुभएको छ । ४० औँ विश्व खाद्य दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भुसालले ५ लाख मेट्रिक टन मल अहिलेको व्यवस्थाबाट तत्काल ल्याउन नसकिने बताउनुभयो । कलकत्ताको पोस्टबाट आजकै व्यवस्था र तरिकाले ल्याउने हो भने दिनदिनै एउटा डेडिकेटेड ट्रेन आउने व्यवस्था गर्नुपर्ने मन्त्री भुसालको भनाइ थियो । मन्त्री भुसालले कृषि व्यवस्थाको परिवर्तन नभएसम्म नेपालको कृषि क्षेत्रको विकास सम्भव नभएको पनि धारणा राख्नुभयो । अहिलेसम्म कृषि व्यवस्थाको परिवर्तनको बारेमा कम अलोचना हुँदा कृषिमा अपेक्षाकृत विकास हुन नसकेको समेत उहाँले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्