५ लाख मेट्रिक टन मल ल्याउन सम्भव नरहेको कृषि मन्त्री भुसालको भनाइ – Kanika Khabar
Monday, April 13Nepali News Portal

५ लाख मेट्रिक टन मल ल्याउन सम्भव नरहेको कृषि मन्त्री भुसालको भनाइ

    मा प्रकाशित

कनिका खबर
असोज ३०, काठमाडौं
कृषि तथा पशुपन्क्षी विकासमन्त्री घनश्याम भुसालले ५ लाख मेट्रिक टन मल ल्याउन सम्भव नभएको बताउनुभएको छ । ४० औँ विश्व खाद्य दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भुसालले ५ लाख मेट्रिक टन मल अहिलेको व्यवस्थाबाट तत्काल ल्याउन नसकिने बताउनुभयो । कलकत्ताको पोस्टबाट आजकै व्यवस्था र तरिकाले ल्याउने हो भने दिनदिनै एउटा डेडिकेटेड ट्रेन आउने व्यवस्था गर्नुपर्ने मन्त्री भुसालको भनाइ थियो । मन्त्री भुसालले कृषि व्यवस्थाको परिवर्तन नभएसम्म नेपालको कृषि क्षेत्रको विकास सम्भव नभएको पनि धारणा राख्नुभयो । अहिलेसम्म कृषि व्यवस्थाको परिवर्तनको बारेमा कम अलोचना हुँदा कृषिमा अपेक्षाकृत विकास हुन नसकेको समेत उहाँले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्