नेपालीहरुको मुख्य चाड बडादशैँको आजदेखि सुरु – Kanika Khabar
Thursday, June 11Nepali News Portal

नेपालीहरुको मुख्य चाड बडादशैँको आजदेखि सुरु

    मा प्रकाशित

कनिका खबर
कात्तिक १, काठमाडौं
नेपालीहरुको मुख्य चाड बडादशैँको आजदेखि सुरु भएको छ । आज नेपालीले आफ्नो मूलघरको पूजाकोठामा घटस्थापना गर्दैछन । पूजाकोठाको भुइँलाई गाईको गोबरले लिपेर चोखो पारी चोखो बालुवा वा माटोमाथि दियो कलश गणेश स्थापना गरी टपरी भिँगुट माटो वा तामाको भाँडामा गोबर टाँसेर जौ र गहुँ मिसाएर घटस्थापना गर्ने प्रचलन छ । घटस्थापनाको साइत बिहान ११ बजेर ४६ बजे मिनेटमा पञ्चाङग निर्णायक समितिले जनाएको छ । आजदेखि नौ दिनसम्म विभिन्न शक्तिपीठमा पूजाअर्चना गर्दै नवरात्र मेला आरम्भ गर्न चलन छ । तर योपल्ट कोरोना सङ्क्रमणका कारण मुलुकका सबै शक्तिपीठ देवस्थलमा जमघट गर्न र मेला भर्न निषेध गरिएकोले छ । सरकारले घरघरमै नवरात्र दुर्गा भवानीको आराधना गर्न सरकारले अनुरोध गरेको छ । गुठी संस्थानले मुलुकका राजगुठीअन्तर्गत दुुई हजार ३५० देवस्थलमा नित्य पूजा गर्न मात्र भनेको छ । शक्तिपीठमा भीडभाड नगरी पुजारीले मात्र पूजा सम्पन्न गर्न भनिएको छ । हनुमानढोका दरबारस्थित दशैँघर, फौजी सङ्गठनका कोतघर लगायतमा पनि भीडभाड नगरी घटस्थापना हुने भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्