शक्तिपीठहरू नियमित पूजा गर्न बाहेक भक्तजनको लागि खुल्ला नगर्न निर्देशन – Kanika Khabar
Tuesday, August 18Nepali News Portal

शक्तिपीठहरू नियमित पूजा गर्न बाहेक भक्तजनको लागि खुल्ला नगर्न निर्देशन

    मा प्रकाशित

कनिका खबर
कात्तिक १, काठमाडौं
गृह मन्त्रालयले दशैंको बेला मन्दिर तथा शक्तिपीठहरू नियमित पूजा गर्न बाहेक भक्तजनको लागि खुल्ला नगर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले मन्दिर तथा शक्तिपीठहरुमा भींडभाड हुँदा कोभिड १९ संक्रमणको जोखिम झनै बढ्ने भएकाले भक्तालुहरुका लागि रोक लगाइएको बताउनुभयो । तर नित्य पूजाआजा भने नियमित रुपमा सूचारु गर्न सकिने उहाँले बताउनुभयो । मन्दिरमा भिडभाड नगर्न स्वास्थ्य मन्त्रालयले समेत आग्रह गरिरहेकाले त्यसको कार्यान्वयनका लागि गृह मन्त्रालयले सहयोग गर्ने पनि उहाँले बताउनुभयो । सप्तरीमा शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि जिल्ला सुरक्षा समिति, सप्तरीले गएराति ११ बजेदेखि आउँदो मङ्सिर ७ गते राति साढे ११ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्